नागरिक पोष्ट News


सन्दीपको विश्वकिर्तिमानी १ सय २ विकेटको यात्रा

1.5K

नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएपछि आफ्नो प्रतिक्रिया दिएका छन् । एसीसी प्रिमियर कपअन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका थिए ।

सो रेकर्ड कायम गरेपछि लामिछानेले सामाजिक सञ्जाल फेशबुकमार्फत यो किर्तीमानी कायम गर्न पाउँदा गर्व लागेको उल्लेख गरेका छन् । उनले रेकर्डहरु भनेको नै तोड्नको लागि भएको भन्दै ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेटको उपाधि हाँसिल गर्न पाएकोमा गर्व गर्ने उल्लेख गर्दै उक्त उपलब्धि आफ्नो करियरभरि शक्तिको स्तम्भ बनेका परिवार, फ्यान, सहकर्मी खेलाडीहरु र कोचको निरन्तर र अटल समर्थनले प्राप्त भएको बताएका छन् ।

 

Must View