नागरिक पोष्ट News


इस्लाम धर्मावलम्बीले ‘इदुलफित्र’ मनाउँदै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्धारा शुभकामना व्यक्त

868

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। 

ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वाससहित मुस्लिम समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा उनले शुभकामना व्यक्त गरेका छन् । 

इस्लाम धर्मावलम्बीले आफ्नो महान् पर्व ‘इदुलफित्र’ मनाउँदै छन्। यो पर्वका लागि मुसलमानले एक महिना व्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ। 

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन्। बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान व्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ।

रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।

Must View