रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)
काठमाडौं। एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ।
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि शुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइने गरिन्छ।
रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ।
यो यात्रालाई काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा पिन लिइन्छ। मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने परम्परा छ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाइन्छ।