नागरिक पोष्ट News


सुनको भाउ घट्यो, चाँदीको स्थिर

630

काठमाडौँ  ।  नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कायम भएको छ।

 

बुधबार छापावाल सुन मूल्य प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार चाँदी तोलाको १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Must View