नागरिक पोष्ट News


सबैकि आमा आज स्टोरी र फ्लिटमा सजिँदैछिन् , उसो भए वृद्वाश्रममा कसकी आमा रुँदै छिन् ?

1.1K

काठमाण्डौँ,मायालु लामा । आज वैशाख कृष्णऔंसी अर्थात आजको दिनलाई मातातीर्थ औंसी पनि भनिन्छ। यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औंसी पनि भनिन्छ ।

आजको दिनमा आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाइदै आएको छ । आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ ।

सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंशी तथा वैशाख कृष्ण औँशीलाई लिइएको हो। त्यसै अवसरमा सानो कविता तपाईहरुको लागी 

सामाजिक संजालमा हतारिदैं आमाको तस्बिर पोस्ट्याए झैँ,आमाको मनको कुरा नि बुझ्ने गरौं !! सबैकि आमा आज स्टोरी र फ्लिटमा सजिँदैछिन्, उसो भए वृद्वाश्रममा कसकी आमा रुँदै छिन् त ? आफैंलाई जन्मदिने आमालाई वृद्धाश्रममा छोडेर आउने हिम्मत छोराछोरीमा कुन हृदयले आउँछ होला । ‘आमा, कसरी हेलाको पात्र हुन सक्छिन्  विचरी,आमालाई के थाहा की छोराछोरीले मेरै फोटो भर्चुअल संसारमा राखेर मेरै गीत गाउँदैछ भनेर । एक वर्षमा १ चोटि आमाको फोटो फेसबुकमा पोस्ट्याउदैमा र टिकटकमा भिडियो बनाउदैमा माया हुदैन नी साथी सामाजिक संजाल हेर्दा आज आमाको मुख हेर्ने दिन होईन कि अरुलाई आआफ्नो आमाको फोटो र माया शब्दमा प्रदर्शित गर्ने दिन हो ! त्यती मात्र नभएर बृद्दाआश्रममा लगेर बाबू-आमा राख्नेहरुले नै फेसबुकमा तस्बिर हालेर मायाको नाटक गरेको देखिन्छ आज !!

उत्तरदायीत्व फेसबुकमा हैन व्यवहारमा देखाउने                  कोसिस गरौ  र, म चाहन्छु कहिल्यै आमाहरूलाई वृद्धाश्रममा देख्न नपरोस् !!!   कुनै पनि आमाको आँखामा आँसु कहिले नआओस् ।।

Must View