नागरिक पोष्ट News


पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा

525

काठमाडौं  ।  हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू(भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

राति भने देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू(भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका केहि स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

Must View