नागरिक पोष्ट News


राष्ट्रपति पौडैललाई थप उपचारका लागि भारत लगियो

651

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको छ ।

राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालेर एयरपोर्ट लगिएको राष्ट्रपति सचिवालयका सदस्यले बताए । श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन लगिएको हो । राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली छ ।

राष्ट्रपति पौडेलका निजी सचिव चिरञ्जिवी अधिकारीका अनुसार नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस ९एम्स०मा उनको थप स्वास्थ्य परिक्षण तथा उपचार हुनेछ ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण पाइए पछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको हो ।

केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

Must View