देश बनाउने हो भने सबै दलबीच सहमति आवश्यक छः रवि लामिछाने
728
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्। तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप लगाइएको बताए।
पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो। मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेरे बोलेका कुरा पूरा गरेको लामिछानेले बताए।