नागरिक पोष्ट News


व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै सेटिङ्मा चल्छन : चित्रबहादुर केसी

868

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन् । उनले संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आखाको कसिंगर बनाइएको बताए ।

जनमोर्चाले  काठमाडौंमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताएका हुन् ।

उनले अहिले मुलुकको राष्ट्रियतामाथि नै बिषम परिस्थीति आउदा राष्ट्रिय जनमोर्चामात्रै लडिरहेको जिकिर गरे । केसीले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालिन मान्छेको संज्ञा दिदै चितवनमा त्यस्ता मान्छेलाई भगवान मान्नु दुर्भाग्य भएको धारणा राखे । लोकतन्त्र गणतन्त्र ल्याउनेहरुले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ । केसीले पुराना दलका नेताहरुले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण बाध्य भएर विकल्प खोज्न बाध्य भएको उल्लेख गरे ।

Must View