नागरिक पोष्ट News


५.५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

805

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु।२८० अर्ब ५७ करोड ९५।५ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु।१९२ अर्ब १२ करोड ९४।१ प्रतिशत० ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०।५ प्रतिशतले बढेको छ ।

२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७।९ प्रतिशत, २५।७ प्रतिशत र ५९।९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८।४ प्रतिशत, २९।२ प्रतिशत र ५५।५ प्रतिशत रहेको थियो ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६।८ प्रतिशत रहेको छ । २०७८ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३८।८ प्रतिशत रहेको थियो ।

Must View