नागरिक पोष्ट News


इन्टरभ्याली ह्वीलचियर बास्केटबलमा त्रिभुवन आर्मी क्लब प्रथम

763

काठमाडाैं ।  इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्।

नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४–३३ अंकले पराजित गर्दै उपाधि उचालेको हो। आर्मीको जितमा दान थिङ्गको २२ अंकको योगदान रह्यो। यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए। तेश्रो स्थानमा बुद्धिसरा इन एक्सन रह्यो।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसनले आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई पराजित गर्दै उपाधि जित्यो। डब्लुडब्लुबिएले रजनी चामलिङ्ग राईको १३ अंकको योगदानमा फाईनलमा आयोजकलाई १९–२ अंकको अन्तरले पराजित गरेको हो। रनजी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित भईन्।

तेश्रो स्थानमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल रह्यो। शीर्ष तीन टिमले क्रमश नगद ४० हजार, ३० हजार र २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन्। प्रतियोगितामा जाउलाखेल ह्विलचेयर बास्केटवल, बोधिसत्य, इनयाक्सन एसोसियसन, त्रिभुवन आर्मि क्लव, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घको टिम,स्पोर्ट क्लव व्वाइज टिमलगायत नौवटा समुहबीच बास्केटवल प्रतियोगिता भएको थियो।

Must View