नागरिक पोष्ट News


८ महीनामा ३६ खर्ब ९७ अर्ब तरलता प्रवाह

483

काठमाडौं । समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु। ३ खर्ब  ७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु। ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु। २७२० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधा ५ खर्ब १५ अर्ब ६७ करोड गरी कुल रु। ३६ लाख ९७ अर्ब २८ करोड ९कारोबारमा आधारित० तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु। ५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु। ५० लाख १० अर्ब ७६ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार ९वाणिज्य बैंकहरु० बाट अमेरिकी डलर ३ अर्ब ७० करोड खुद खरिद गरी रु। ४ खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २२ करोड खुद खरिद गरी रु। १ खर्ब ४७ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८ करोड बिक्री गरी रु। ४ खर्ब १ अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १० करोड विक्री गरी रु। ३ खर्ब ७० अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Must View