नागरिक पोष्ट News


साझा यातायात अपाङ्गतामैत्री बनाउँनका लागि अनुरोध

651

काठमाडौँ । भूमिकला पौडेल, साझा यातायातमा यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिहरूले आफूले साझा यातायात चढ्दा वा चढ्न खोज्दा भोग्नु परिरहेको समस्या बारे साझा यातायातलाई ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा साझा यातायातको कार्यालयमै गएर उनीहरूले अध्यक्ष कनक मणि दीक्षित तथा महाप्रबन्धक महेन्द्र राज पाण्डेयलाई भेटी आफूले भोगिरहेका समस्या बारे उजागर गरेका हुन ।

ह्विलचेयर प्रयोगकर्ताहरू साझा बस चढ्न खोज्दा ह्विलचेयर देखेपछि रोक्दै नरोक्ने वा रोकेपनि झन्झट हुन्छ भनेर चढाउँनै नमान्ने, बसका खुड्किलाहरू अग्लोअग्लो भएको तथा पकड्ने ह्याण्डल नहुँदा बस चढ्न अत्यन्तै गा¥हो हुने, सिटबेल्टको व्यवस्था नहुँदा सिटमा अडिएर बस्नै नसकिने, बसमा एउटा मात्रै अपाङ्गता सिट आरक्षण गरिएको हुँदा एक भन्दा वढि अपाङ्गता भएको यात्रु चढेमा बस्नै नपाइने लगायतका समस्याहरू रहेको उनीहरूले बताए ।

राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले साझा यातायातका अध्यक्ष कनक मणि दीक्षितलाई एक ध्यानाकर्षणपत्र बुँझाउँनु हुँदै ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरू तथा अपाङ्गता भएका व्यक्तिहरूले झेलिरहेको समस्यालाई संवोधन गर्न अनुरोध गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका मुख्य कुराहरूमा साझा वसलाई उपत्यकाको अपाङ्गता जनघनत्व भएको स्थानहरूमा सर्वसुलभ ढंगले चलाउन पहल गर्नुपर्ने, साझाका बसहरूलाई सजिलो रूपले अपाङ्गता भएका व्यक्तिहरूले उपयोग गर्न सक्ने गरि पूर्वाधारहरू निर्माणका लागि पहल गर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई उपत्यकामा निःशुल्क यात्राको अवसर दिन पहल गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको क्षमता अनुसार साझा यातायातमा रोजगारीका लागि पहल गर्ने लगायत रहेका छन् ।

छलफल तथा ध्यानाकर्षणपत्रमा आएका कुराहरूलाई संवोधन गर्नुहुँदै अध्यक्ष दिक्षितले साझा यातायातलाई अपाङ्गतामैत्री बनाउन प्रयास गरेको तर सडक पूर्वाधारहरू अपाङ्गतामैत्री नहुँदा सफल हुन नसकेको गुनासो गर्नुभयो ।

उहाँले ह्विलचेयर प्रयोगकर्ताहरूका लागि बसमा ¥याम्प बनाउन लगाएको तर सडकका पेटी सोही अनुसार नहुँदा प्रयोग गर्न नसकिएको बताउँनुभयो । त्यसैगरी उहाँले अपाङ्गता भएका व्यक्तिहरूले साझा यातायात प्रयोग गर्ने क्रममाः भोगेका समस्याहरूका बारेमा साझालाई ध्यानाकर्षण गराएकोमा धन्यवाद दिनुहुँदै यस बारे के कति समाधान गर्न सकिन्छ भनेर पहल गर्ने र छिट्टै नै साझा यातायातका चालक, सहचालक लगायत कर्मचारीहरूलाई अपाङ्गताको सचेतना बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Must View