नागरिक पोष्ट News


स्वास्थ शरीरका लागि पैदल यात्रा अति उपयोगी हुने

2K

काठमाडौं – स्वस्थ र तन्दुरुस्त रहनका लागि धेरै परिश्रम आवश्यक हुन्छ। खेलकुद गर्न वा दैनिक रुपमा हिँड्न र दौडिन चिकित्सकले सुझाव दिने गरेका छन्। आफ्नो अनुकूल समयमा छिटो छिटो लम्केर हिँड्ने गरे मात्रै पनि व्यायामको लाभ प्राप्त हुने चिकित्सकको भनाइ छ।

स्वस्थ रहन दैनिक रूपमा आधा घण्टा हिँड्दा धेरै लाभ हुने चिकित्सकको भनाइ छ। स्वस्थ रहनका लागि युकेमा गरिएको एउटा अध्ययनले दैनिक छिटोछिटो लम्केर हिँड्ने गरे मात्रै पनि व्यायामको लाभ प्राप्त गर्न सकिने निष्कर्ष निकालेको छ।

टुको चाल बढ्ने गरी सबैले सातामा १५० देखि ३०० मिनेट शारीरिक व्यायाम गर्नु अत्यन्तै आवश्यक रहेको यूकेको सार्वजनिक स्वास्थ्य सेवा प्रदायक निकाय एनएचएसले सुझाव दिएको छ।

सास फेर्न बल गर्नुपर्ने गरी साप्ताहिक रूपमा ७५ देखि १५० मिनेटको कडा व्यायाम गर्दा पनि उचित व्यायाम हुने यो निकायले जनाएको छ।

दैनिक पैदल हिड्दाका फाइदा -नियमित ३० मिनेट हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुन्छ, -पैदल हिँड्नाले शरीरको बोसो कम हुन्छ र मोटोपन कम हुन्छ, -उच्च रक्तचाप नियन्त्रण हुन्छ, -उच्च कोलेस्ट्रोल नियन्त्रण हुन्छ, -टाइप–२ मधुमेह नियन्त्रित हुन्छ, -छिटोछिटो हिड्नु र दौडिनु दुबै मुटुसँग सम्बन्धित व्यायाम हुन्छन्। जसले मुटु स्वस्थ राख्छ, -पैदल हिँड्दा शारीरीक कमजोरी हट्छ, -मुटु सम्बन्धी रोग कम हुन्छ, -रोग प्रतिरोधात्मक शक्ति बढाएर आयु बढ्छ, -फोक्सो बलयो बन्न मद्दत पुग्छ, -खाएको खाना सजिलै पच्छ र पाँचन प्रणाली राम्रो बन्छ, -पैदल हिँड्दा प्रयाप्त मात्रामा अक्सिजन पुग्छ र शरीरको विकार स्वासप्रश्वासको माध्यमबाट बाहिर जान्छन्, -दिमाखका कोषहरु स्वस्थ हुन्छन् र -तनाव कम हुन्छ।

Must View