नागरिक पोष्ट News


हिमालयन बैंकले सञ्चालनमा ल्यायो पहिलो अपाङ्गमैत्री एटिएम

476

काठमाडौं। हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखी काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको छ। सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले बैंकले आफ्नो एटिएम सुबिधा सो स्थानमा सुरुवात गरेको हो ।

उक्त एटिएमको उद्घाटन स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षित द्वारा गरिएको हो।

उक्त समारोहमा समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

बैंकले हाल देशैभरि १८९ वटा शाखा, २० वटा विस्तारित काउण्टर, २६३ भन्दा बढी एटिएमबाट ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Must View