पर्यटन मन्त्रालयद्वारा पर्यटन दूत बर्खास्त
518
काठमाडौँ । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन दूत बर्खास्त गरेको छ ।
‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाई बर्खास्त गरेको हो ।
निवर्तमान पर्यटन मन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटन दूतको नियुक्ति खारेज गरेको जनाइएको छ ।
यसैगरी, पर्यटन मन्त्री सुदन किराँतीले आइतबार मन्त्री स्तरीय निर्णय गरी नेपालगन्जबाट भारतका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान पहल गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि लिएका छन् ।