नागरिक पोष्ट News


रास्वपा का ढाकाकुमार श्रेष्ठ ले नेतादुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुँस मागेको अडियो सार्वजनिक

497

काठमाडौं ।  समानुपातिकबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुँस मागेको अडियो सार्वजनिक भएको छ ।  रास्वपा उपसभापति डीपी अर्यालले पार्टी हितविपरीत काम गरेको देखिए आवश्यक छानबिन गरी कारबाहीको निर्णय गर्ने बताए ।

अडियो सम्बादमा आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पर्ने भएकाले मन्त्री बन्नका लागि रवि लामिछानेले २ करोड रुपैयाँ माग गरेको बताएका छन् । उक्त अडियामा नै  प्रसाईंले आफूले २ करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् । मिडियामा रास्वपा पार्टीका नेताहरुलाई लिएर निकै विवादको विषय बनेपछि श्रेष्ठमाथि छानबिनका लागि समिति बनाउने तयारी गरेको छ ।

यसभन्दा पहिला श्रेष्ठका नाममा पोखरामा रहेको एक सहकारीका बचतकर्ताको लाखौ रुपैयाँ ठगी गरेको आरोप समेत लागेको थियो ।  उनी विरुद्ध सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएका थिए । 

Must View