नागरिक पोष्ट News


म्युजिक भिडियोमा पल शाह र मिस पबि

1.1K

टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् ।

उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी हुन् । मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् ।

‘थाहै भएन्’ गीतको भिडियोमा पल र मिस पबिको जोडी दर्शकहरुले देख्न पाउनेछन् । यो भिडियोको मुस्ताङमा छायांकन भएको हो । गायक हिमाल सागरले सुटिङ सेटका तस्वीरहरू फेसबुकमा सेयर गरेका छन् ।

पलले यतिबेला धमाधम म्युजिक भिडियोमा काम गरिरहेका छन् । मिस पबि भने सुनिल गिरीको ‘जुम्ला’ गीतपश्चात म्युजिक भिडियोमा व्यस्त बनेकी हुन् ।

Must View