सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक : करमा लागेको जरिवाना मिनाहा गर्ने घोषणा
595
काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको न्यूनतम साझा कार्यक्रमका सार्वजनिक गरेकी हुन् ।
उक्त न्यूनतम साझा कार्यक्रममा व्यापारमा आएको शिथिलता र अन्य आर्थिक समस्याले गर्दा कर तिर्न नसकिरहेका व्यवसायीहरूलाई राहत दिने समावेश गरिएको छ । मन्त्री शर्माका अनुसार सरकारले लामो समयले बक्यौता रहेर जरिवाना लागेका करहरूमा लागेको जरिवाना मिनाहा गर्ने भएको हो ।
कार्यक्रममा समेटिएको छ, ‘आर्थिक मन्दी र व्यापारमा देखिएको असरका कारण समयमै कर तिर्न नसकी जरिवाना लागेका व्यवसायीहरूलाई जरिवाना मिनाहा गरिनेछ ।’ यसका साथै सरकारले परियोजना धितो राखी सहुलियतपूर्ण ऋण दिने घोषणा समेत गरिएको छ ।