भरतपुर क्रिकेट रंगशालाको निर्माण सरकारले गर्ने निर्णय
1K
काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ ।