नागरिक पोष्ट News


एचआर मिट २०२३ मा ७ उत्कृष्ट अवार्ड : व्यक्तिगत तर्फ सुमन पाेखरेल

763

काठमाडौं । मानव संसाधन व्यवस्थापन तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने व्यक्ति तथा संस्थाहरुलाई  अवार्ड प्रदान गरीएको छ । ग्रोथ सेलर्सले एचआर मिट २०२३ को एक कार्यक्रममाझ उत्कृष्ट ७ विधामा अवार्ड प्रदान गरिएको हो ।

व्यक्तिगत तर्फ आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले एक्सीलेन्स इन एचआर लिडरसिप अवार्ड पाएका हुन् ।

यस्तै संस्थागत तर्फ डावर नेपालले नेस्नल एचआर एक्सिलेन्स अवार्ड, एनसेलले एक्सीलेन्स इन एचआर इन्नोभेसन एण्ड टेक्नोलोजी, स्ट्यान्डर चाटर्ड बैंकले एक्सीलेन्स इन इम्प्लोइ एक्सपेरियन्स्, वल्डलिङ्क कम्युनिकेशनले एक्सीलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट, जावलाखेल ग्रुपअफ इन्डस्ट्रजले एक्सीलेन्स इन इन्डस्टियल रिलेसन र सेभ द चिल्ड्रेनले एक्सीलेन्स इन इम्प्लोयर ब्रान्डिङ अवार्ड पाएका हुन् ।

यस्तै उक्त कार्यक्रममा ग्रोथ सेलर्सका अध्यक्ष मोहनराज ओझा र मानव संसाधन विद् मनोहर मान श्रेष्ठ द्वारा लिखित पुस्तक ‘द ग्रेट लिडरसिप’ पुस्तक विमोचन समेत गरिएको छ ।

 

Must View