नागरिक पोष्ट News


अब नेपालबाट सिधै अष्ट्रेलिया उडान हुने

875

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल–अष्ट्रेलिया सिधा उडानको तयारी थालेको छ । दुई देशबीच सिधा उडान गर्न गत वर्ष नै नेपालले हवाई सेवा सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार उडान सुचारु गर्न मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अष्ट्रेलियाको उडड्यन प्राधिकरणलाई पत्राचार गरेको हो ।

अष्ट्रेलियाबाट अनुमति पाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान गर्ने मन्त्रालयले जनाएको छ । 

काठमाडौंबाट सिड्नी उडान गर्न १५ घण्टा लाग्ने भएकाले निगमले सिंगापुरमा तेल भरेर अष्ट्रेलिया उड्ने प्रस्ताव गरेको हो । काठमाडौंबाट सिंगापुर हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टा लाग्छ ।

दुई देशबीच भएको सम्झौताअनुसार दुई देशका वायुसेवा कम्पनीले सातामा ७ अर्थात् दैनिक एक उडान गर्न पाउने गरी सहमति भएको थियो । नेपाली वायुसेवा कम्पनीले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा सात उडान र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी थियो ।

२७४ सिट क्षमताको वाइडबडीले कोरोनोको समयमा मलेसियामा हवाई इन्धन भरेर सिड्नी चार्टर्ड उडेका गरेको थियो ।

Must View