नागरिक पोष्ट News


४४.७ प्रतिशतमा पुग्यो बीमाको पहुँच

567

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालमा जीवन बीमाको दायरा ४४।७ प्रतिशतमा पुगेको छ । माघ महिनासम्ममा जारी भएको म्यादी जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या उक्त प्रतिशतमा पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको पहुँचमा रहेको जनसंख्या ३३।२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा जारी भएको कुल बीमालेख संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।७ प्रतिशतले वृद्धि भई १ करोड ५८ लाख ९६ हजार ४ सय २३ पुगेको छ । जसमध्ये जीवन बीमालेख ९म्यादी जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहित० र निर्जीवन बीमालेखको हिस्सा क्रमशः ८९।७ प्रतिशत र १०।३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त हिस्सा क्रमशः ८६।१ प्रतिशत र १३।९ प्रतिशत रहेको थियो ।

यस अवधिमा सङ्कलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।२ प्रतिशतले वृद्धि भई रु। १ खर्ब ६ अर्ब ४५ करोड पुगेको छ । गत आर्थिक वर्षमा उक्त रकम रू। १ खर्ब ३ अर्ब ११ करोड रहेको थियो । यस अवधिको बीमा प्रिमियम रकममा जीवन बीमा र निर्जिवन बीमा तर्फको हिस्सा क्रमशः ७८।३ प्रतिशत र २१।७ प्रतिशत रहेको छ। गत वर्षको माघ महिनासम्म उक्त हिस्सा क्रमशः ७८।८ प्रतिशत र २१।२ प्रतिशत रहेको थियो ।

Must View