नागरिक पोष्ट News


अभिनेत्री मनिषा कोइरालाले अर्गानिक फार्म सञ्चालन गर्दे

1.2K

भिनेत्री मनिषा कोइरालाले परिवर्तनको सम्भावना देखें भने राजनीतिमा आउन सक्ने बताएकी छन् । भूपेन्द्र खड्का पडकास्टसँगको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् । नेपाली राजनीतिमा आउनसक्ने अड्कलबाजी चलिरहेको बेला मनिषाले सही सामाजिक कार्यमा काम गर्नुपर्छ कि भन्ने सोचेको पनि बताएकी छन् ।

दुर्भाग्यवश, राजनीतिलाई बुझ्दाबुझ्दै पनि मेरो पोलिटिकल माइण्ड भएन । राजनीतिभन्दा पनि अध्यात्मतिर छ ।’ उनले राजनीतिभन्दा पनि सामाजिक सेवातर्फ आफू लाग्ने बताएकी छन् ।

हजुरबुवा समेत रहेका कांग्रेस संस्थापक बीपी कोइरालाको सपना पूरा भएको हेर्न चाहेको समेत उनले बताएकी छन् । आफूले काठमाडौंमा अर्गानिक फार्म सञ्चालन गर्न लागेको समेत मनिषाले बताएकी छन् । उनले भनेकी छन् ‘मलाई नेचर चाहिन्छ । काठमाडौं आउँदा मलाई सेन्स अफ जोय महसुस हुन्छ ।

Must View