नागरिक पोष्ट News


बागमती प्रदेशका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा

840

काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारहरुको प्रति व्यक्ति ४ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए ।

५ चैतदेखि लागु हुने बीमा लेख अनुसार बीमित पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीले जनाएको छ ।

Must View