नागरिक पोष्ट News


अल केयरको स्किन र हेयर सम्बन्धी बिशेष कार्यक्रम 2079 सम्पन

665

काठमाडौं । अल केयर कम्पनीले आज एकदिने सौन्दर्यशास्त्र सम्बन्धि बिशेष कक्षा संचालन गरेकोछ।राष्ट्रिय नाच घरमा भएको कार्यक्रममा काठमाडौ मोडल कलेजमा कार्यरत स्किन बिषेशज्ञ चिकित्सक एलिज अर्यालले स्किन र हेयर विषयमा जानकारी गराएकि थिइन । उक्त कार्यक्रम मा देशै भरिका १३० जना सौन्दर्यकर्मीको उपस्तिथि रहेको थियो।प्रत्यक्ष थर्मो फेसियल बरिस्ठ सौन्दर्यकर्मी सुनिता आचार्यद्वारा उपस्थित माझ डेमो गराइएको थियो।थर्मो टिकटक अवार्डबाट ५ जना सौन्दर्यकर्मी पुरस्कृत भएका थिए।

काठमाडौ मेडिकल कलेजकि मसाज थेरापिस्ट भगवती गुरुङले मसाजका स्वस्थ रहने उपायहरु र स्टेप हरुको बारेमा प्रक्टिकल्ली बताएकि थिइन।कम्पनीका अध्यक्ष मोहन अर्यालले स्वागत मन्तव्य दिदै आफ्ना उत्पादनका महत्वमाथी प्रकाश पारेका थिए भने कम्पनीका निर्देशक भानु ढुंगानाले घरेलु उधोग देसभित्र स्थापना गरेर केही हद सम्म आयातमा रोकि राष्ट्रिय अर्थतन्त्रमा केही मात्रामा भएपनि योगदान गर्न पाएकोमा आफुहरुलाइ निक्कै खुशी लागेको बताए ।उनले नेपाली उत्पादनमा गुणस्तर हुन्न भन्ने भ्रममाथी आफुहरुले विशेष ध्यान दिएकोले सबैमा ढुक्क भएर अल केयरका उत्पादन प्रयोग गर्न अनुरोध गरे।

उक्त कार्यक्रममा बरिस्ठ सौर्न्दर्यकर्मी बिमला ढुङेल,लक्ष्मी महत,सकुन श्रेष्ठ ,सुस्मा श्रेष्ठ ,पुनम लामिछाने ,सोनि कारन्जित,भवानी न्यौपाने ,कमला सुनावार लगायत अन्य बरिस्ठ सौन्दर्यकर्मिहरुको उपस्थिति थियो।अल केयर कम्पनीका अर्का निर्देशक रिना ओझाले कार्यक्रम ब्यवस्थापन गरेकी थिइन।सन्चार्कमी तथा गायिका बिष्णुमाया पौडेलले अन्त्यतै रमाइलोका साथ बेला बेलामा गीत गाउदै कार्यक्रम सन्चालन गरेकी थिइन।उक्त कार्यक्रम राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो।

Must View