सरकारलाई पूर्णता दिँदै प्रचण्ड :काङ्ग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित
काठमाडौं । नेपाली कांग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिँदैछन्। तर, अझै एक चरण गठबन्धन दलबीच छ्लफल गर्नुपर्ने भएकोले मन्त्रिमण्डल विस्तारमा थप ढिलाई हुनसक्ने सत्ता गठबन्धनका नेताहरू बताउँछन्। सोमबार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम रहेको प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले बताए। नेपाली कांग्रेसले ७ मन्त्रालय र एक राज्य पाउने अन्तिम समझदारी बनेको छ।
कांग्रेसबाट सरकारको नेतृत्व पूर्णबहादुर खड्काले गर्नेछन्। कुनै कारण फेरबदल नभएमा उनी उपप्रधानमन्त्री र रक्षामन्त्री बन्ने स्रोतले दाबी गरेको छ।
यस्तै, काङ्ग्रेस प्रवक्ता डा। प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित छ। कांग्रेसले परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालय लिने निश्चित भएको छ।
कांग्रेसबाट प्रचण्ड क्याबिनेटमा तीनजना नयाँ अनुहारका नेताहरूको प्रवेश गराउने तयारी छ।