२६.८७ अंकले घट्याे सयर बजार, एक अर्ब २८ करोडकाे काराेबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २६।८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, नेप्सेमा २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
घटेको बजारमा आज मायाखोला हाइड्रोपावर कम्पनी र एशियन हाइड्रोपावर गरी दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दुबैको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो ।
यस्त जाल्पा विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।