नागरिक पोष्ट News


नेपाल केमिकल तथा हर्बल उद्योगको प्रथम बार्षीक साधारणसभा सम्पन्न ।

1.9K

काठमाडौ । नेपाल केमिकल तथा हर्बल उधोगको प्रथम साधरण सभा सम्पन्न भएकोछ।नेपाल चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष कम्लेस अग्रवाल प्रमुख अथिती रहेको सो कार्यक्रम स्रोहखुट्टेको एक पार्टीप्यालेसमा सम्पन्न भएको हो।

नेपालमा हर्बल उद्योगको ठूलो सम्भावना रहेको हुदा चेम्बर अफ कमर्सले आबस्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको उहाले बताउनु भयो। चेम्बर अफ कमर्सका केन्द्रिय सद्स्य तथा काठमाडौ जिल्ला अध्यक्ष कृष्णमान श्रेष्ठले सबै उधोगिलाइ चेम्बर अफ कमर्समा जोडिन आवाहन गर्नु भयो।

उक्त कार्यक्रममा देशैभरिका केमिकल व्यावसायि तथा हर्बल उद्योगका सन्चालकहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो। उपस्थिति उद्योगी तथा व्यावसायिहरुले पनि आ-आफ्ना समस्या खुलेर राखेका थिए।

उद्योगिले उद्योग सन्चालन ,बजार ब्यबस्थापन निक्कै अस्वस्थ रहेकोले सबै उद्योगी एक भै गुणस्तर सेवामा लाग्नु पर्ने एक्यवद्धता जाहेर गर्नु भएका थियो। उपभोक्ता अधिकार अनुसन्धान मन्चका केन्द्रिय अध्यक्ष माधब तिमिल्सिनाले व्यावसायिले घरेलु उद्योग भनेर बनाएको सामानको बनेको मिति,म्याद कति समयको हो,लेबल र ब्याच नम्बर सहित उल्लेख गरेर जान सुझाव दिनु भयो।आज हेल्चक्राइ गरे भोलि आफ्नै कारण दुख पाइने हुदा बेलैमा होसियार समेत रहन तिमिल्सिनाले सबैमा आग्रह समेत गर्नु भयो।

अथितिमा कृषि सहकारी सस्थाकीअध्यक्ष तथा बरिस्ठ समाजसेवि बिष्णुमाया साम्तङ,उद्योगी मनिष पौडेल रहनु भएको थियो। नेपाल केमिकल तथा हर्बल उद्योगका अध्यक्ष बिनोद देबकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।अध्यक्ष देबकोटाले यस क्षेत्रमा भएका समस्या र समाधानका विषय उठान गर्दै संघ स्थापना गर्नुको महत्वमाथी प्रकाश पार्दै संघमा सबै हर्बल तथा केमिकल  उद्योगीहरुलाइ आबद्ध हुन समेत अनुरोध गर्नु भयो।

संघका केन्द्रिय सचीव दिपक श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने सस्थाका कोषाध्यक्ष प्रमोदकुमार शाहले लेखापरीक्षण प्रतिबेदन सुनाउनु भयो। सोही कार्यक्रममा सस्थापक सदस्यहरु अध्यक्ष बिनोद देबकोटा,उपाध्यक्ष तेजकुमार श्रेष्ठ ,सचीव दिपक श्रेष्ठ ,कोषध्यक्ष प्रमोदकुमार साह,सदस्यहरु सबिता देबकोटा,बुद्ध घोले,पुर्णमान श्रेष्ठ ,बिमला पोख्रेल ,सन्तोस सिह लगायत साधरण सदस्यहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रमुख अथिति अग्रवालबाट क्यालेन्डर समेत बिमोचन गरिएको उक्त कार्यक्रममा हर्बल उद्योग संघललाई विभिन्न ढङ्गले सहयोग पुराउने व्यावसायिलाई सम्मान गरिएको थियो।सन्चार्कर्मीहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न भएको प्रथम साधरणसभाकोमा सन्चारकर्मी तथा लोकप्रिय गायिका बिष्णुमाया पौडेलले अत्यन्त कुशलता पुर्बक कार्यक्रम सन्चालन गर्नुभएको थियो । 

Must View