नागरिक पोष्ट News


फुड एन्ड न्युट्रिशन सम्बन्धि एक महिने इन्टरनशिप प्रोग्राम सम्पन्न

5K

काठमाडौं । नेपाल नेश्नल अस्पतालमा , गृहबिज्ञान केन्द्रिय बिभाग, त्रिभुवन बिश्वविद्यालय स्नातकोत्तर तह विशिष्टिकरण ( इन्टर्नशिप ) विषय  आहार तथा पोषण सम्बन्धि एक महिनाको कार्यक्रम पोषण विज्ञ मिरा शाहको सहकार्यमा सम्पन्न भयो। यसमा बिभिन्न पोषणसँग सम्बन्धित बिरामीको रोगहरु , त्यस्को आहार तालिका परामर्श कसरी गर्ने, एउटा आहार तालिका बनाउनु भन्दा पहिला के के कुरामा बिशेष ध्यान दिनुपर्ने सबै कुरा राम्ररी तथा सहज तरिकाले बताएको बिधार्थिले बताउनु भयो। 

क्याम्पसमा थ्योरीको क्लासहरु सञ्चालन हुने गर्छन। अहिले  आहार तथा पोषण बिषयको स्नातकोत्तरमा क्लास लिने धेरै नै उत्साहजनक देखिएको छ,  स्टाफ नर्स , चिकित्सक , फार्मेसि गरेका समेतले यो विषयमा पढाई गर्ने गरेकोे पाइएको छ । अहिलेको बदलीदो जीवनशैलीले गर्दा बिभिन्न नसर्ने रोगहरु एकदमै बढी रहेको तथा अन्य धेरै स्वास्थ्य समस्याहरु हुने गरेकोेले आहार बाट धेरै नै रोगहरु रोकथाम हुने भएकोले पोषण विषय अहिले अपरिहार्य रहेको  प्रा।डा  जयालक्ष्मी प्रधानज्युले बताउनु भयो। आफ्नो परिवार तथा आफन्त तथा छर छिमेक , समाजमा भएको व्यक्तिको रोगहरु कसरी आहार बाट कम गर्ने , कसरी स्वस्थ तथा निरोगी रहने , आदि कुरा यस अध्ययनले सहज बनाएको बताउनु भयो । 

साधारणतया पोषणलाइ खाना पकाउने विषय पनि के पढेको होला भन्ने एउटा हासोको विषय हो भन्ने बुझाइ धेरैमा थियो , यहाँसम्म की उच्च ओहदामा रहेको ठूलाठूला व्यक्तिको बिचारमा समेत यहीं सोचाइ रहेको थियो तर अहिले बल्ल यसको महत्त्व तथा उपयोगीता बुझेको छ । अस्पतालको निर्देशक डा। प्रकाश पौडेलले यस्तो प्रकारको प्रशिक्षकले बिधार्थि तथा बिरामीमा धेरै हदसम्म सहयोग पुग्ने तथा आउने दिनहरुमा समेत आफू तथा अस्पताल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

किर्तिपुर अस्पतालको प्लास्टिक तथा बर्न विभागको प्रा ।डा शंकरमान राइ सरले बर्न भएको बिरामीलाइ अन्य बिरामीको भन्दा बढी  पोषणको आब्श्यकता तथा बिरामीलाइ  निको हुनना पोषणको अति महत्व रहेको बताउनु भयो साथै  अर्को सर्जन मनिष कुमार यादवले पनि धेरै कुराहरु एकदमै बुझ्ने गरी पोलेको बिरामीको प्राथमिक उपचार कसरी गर्ने तथा कुलिङ ,को महत्त्व साथै पोषणको समेत उल्लेख गर्नुभयो । 

 

कार्यकर्ममा सबैले आ आफ्नो मन्तव्य राख्नु भयो । सब छात्राहरु एकदमै मेहनतले आफ्नो कार्यहरु समयमा पूरा गर्नुभयो । अहिले पनि आफ्नो गुरु तथा प्रशिक्षकलाइ आदर तथा सम्मान  गर्ने यथावत् नै रहेको पोषण विज्ञले बताउनु भयो । यसरी हरेक वर्ष बिभिन्न अस्पतालमा प्रयोगात्मक प्रोजेक्ट वा प्रशिक्षण लिनु पर्ने हुन्छ । अझै पनि बिरामी तथा अन्य व्यक्तिको बुझाइमा पोषणको महत्व न्यून नै छ । सबै रोगहरु औषधीले मात्रै निको हुने बुझाइ रहेको छ । जुन सुकै रोगमा पोषणको उच्च स्थान रहेको हुन्छ । यदि औषधीले मात्रै ठीक हुने भएँ कोही पनि मानिसहरु मुटुको शल्यकृया , मिर्गौला फेल भएर जीवनभरी डायलााइसिसको भरमा बाच्नु पर्ने हुन्थेन होला, तथा मधुमेहले आफ्नो खुट्टा तथा आँखा  गुमाउनु पर्दैन थियो होला । पोषणको अझै पनि ब्यापक सचेतनामूलक कार्यकर्महरु जनसमुहमा आउनु पर्ने देखिन्छ । हरेक क्षेत्रमा चाहे स्कुलमा होस्, घरमा होस की अस्पताल , समुदाय सबै ठाउमा यसको प्रचार , प्रसार हुनु अहिले एकदमै अपरिहार्य तथा अनिवार्य  देखिएको छ । सचेत रहौ तथा स्वस्थ रहौ। 

Must View