नागरिक पोष्ट News


लुमडी आचार्यको विचरण र अनुभूति कृति सार्वजनिक

1.2K

काठमाडौं । साहित्यकार लुमडी आचार्यद्वारा लिखित विचरण र अनुभूति नामक कृतिको तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आज सार्वजनिक गर्नु भएको छ । 

परिष्दका सदस्य स्रष्टा सूर्यबहादुर श्रेष्ठले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे सागर, दियो फाउण्डेसनका अध्यक्ष दिपक भेटुवाल, धरहरा अधियन्ता साहित्यकार धु्रव गजुरेल, साहित्यकार माधव घिमिरे अटल, त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष एवम् नियात्राकार राजेन्द्रमान डङ्गोलले आफ्नो विचार राख्नु भएको थियो ।

कार्यक्रममा लोकार्पित पुस्तकमाथि डा।श्रीराम खनालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उक्त अवसरमा लुमडी आचार्यको समीक्षा सहज बोधगम्य भएको र आफ्ना रचनामा देखेको कुरा सिधै प्रस्तुत गर्ने स्रष्टा भएको धारणा खनालले राख्नुभयो ।

कृतिकार आचार्यले आफ्नो साहित्यिक यात्राको पृष्ठभूमि र साहित्य लेखनका बारेमा बताउँदै कृतिभित्र फरकखालका कृतिको समीक्षा गरिएको बताउनुभयो । सो अवसरमा मुक्तककार राजेन्द्र घिमिरे ‘सागर’ ले आफ्नो लेखनको प्रेरणाको स्रोत लुमडी आचार्य भएको कुरा पनि राख्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख सृजना बुर्लाकोटीले तारकेश्वर नगर पालिकाले  कला, साहित्य उन्नयनका लागि विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा देवेन्द्र अर्याल ‘आँसु’ ले तारकेश्वर नगरपालिकाको नेपाली साहित्यमा प्राथमिककालदेखि नै विशेष योगदान रहेको बताउँदै कला, साहित्य क्षेत्रमा करिब सयजना स्रष्टा संलग्न रहेको कुरा बताउनु भयो । आगामी दिनमा साहित्य परिषद्ले साहित्यको उत्थानका लागि विभिन्न कार्यक्रम गर्ने कुरा पनि परिषद्का अध्यक्ष अर्यालले राख्नुभयो ।

Must View