नागरिक पोष्ट News


तारकेश्वर “प्रथम मेयर रनिङसिल प्रतियोगिता” को बिजेता बन्यो हिमरश्मी स्कूल

735

काठमाडौं । खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ तारकेश्वर नगरपालिकाले आयोजना गरेको प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वरको खेल इतिहाँसमानै पहिलो पटक सर्वाधीक पुरस्कार राशी र सर्वाधीक खेलाडीको सहभागीता रहेको यस प्रतियोगिता माघ १२ गते देखि १४ गते सञ्चालन भएको थियो । प्रतियोगितामा तारकेश्वर नगरपालिका भित्रका ३४ सामुदायिक तथा संस्थागत विद्यालयका १८ वर्ष कम उमेर समूहका १९७६ खेलाडीको सहभागीता रहेको थियो ।

पाँच विधामा ६४ समुहका खेलाडीहरु बिचको प्रतिष्पर्धा रहेको प्रथम मेयर रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, पाँच रजत र नौं कास्य पदक सहित २६ पदकका साथ हिमरश्मी स्कुल पहिलो बनेको छ । हिमरश्मीले नगद रु एक लाख सहित, ट्रफि, शिल्ड र प्रमाणपत्र हात पारेको छ । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक रहेको प्रतियोगितामा आठ स्वर्ण, चार रजत र छ कास्य पदक सहित १८ पदकका साथ लालीगुँरास नेशनल एकेडेमी दोस्रो भएको छ । लालिगुराँसले रु ६० हजार नगद सहित ट्रफि, शिल्ड र प्रमाणपत्र हात पारेको छ । त्यस्तै पाँच स्वर्ण, दुई रजत र दुई काश्य पदक सहित ९ पदकका साथ किन्डर गार्डेन स्कुल तेस्रो भएको छ । किन्डर गार्डेनले रु ४० हजार नगद, नगद सहित ट्रफि, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी चार स्वर्ण, पाँच रजत र तीन काश्य पदक सहित १२ पदकका साथ तारकेश्वर १० मा रहेको एन्जल हार्ट माविले सान्त्वना पुरस्कार पाएको छ । एन्जल्स हार्टले रु २० हजार नगद सहित ट्रफि, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भएका ३४ सामुदायिक तथा संस्थागत विद्यालय मध्य १२ विद्यालयले स्वर्ण, १९ विद्यालयले रजन, १९ विद्यालयले कास्य जित्न सफल भए । खेलमा सहभागी भएका ११ वटा विद्यालयले एउटा पनि पदक जित्न नसकि खाली हात र्फकिए । त्यस्तै पदक जितेका स्कुल मध्य पनि ११ स्कुलले रजत र कास्य पदक मात्र हात पारे ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगद पुरस्कार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र बितरण गर्नुभयो । समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले पहिलो पटक आयोजना गरेको प्रयितयोगितामा झमेला नभई सम्पन्न हुनु भनेको आफैमा महत्वपुर्ण रहेको बताँउदै प्रतियोगितामा सहभागीता जनाउने विद्यालय, विद्यार्थी र अविभावकहरु सबैलाई धन्यवात दिनुभयो ।

Must View