नागरिक पोष्ट News


तारकेश्वरमा प्राङगारीक मल उत्पादन तालिम कार्यक्रम सम्पन्न

728

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको कृषि शाखाको आयोजनामा एक दिने प्राङगारिक मल उत्पादन तालिम सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्ष धर्मस्थलीमा शनिबार सम्पन्न भएको तालिममा नगरपलिकाका ११ वटै वडाका कृषक समुह, कृषि सहकारी, फार्म र कृषक प्रतिनिधि सहित ७० जनाको सहभागीता रहेको तारकेश्वर नगरपालिका कृषि शाखाकी अधिकृत मिना कुमारी थापाले बताउनुभयो । तालिमको समापन गदै तारकेश्वर नगरपालिकाका अधिकृत तिर्थराज थापामगरले नगरपालिकाले एक दिने तालिम दिएर सहभागीहरुलाई कौतुहलता जगाउने मात्र काम गरेको बताँउदै सिकेको कुरालाई परिवार र छिमेकमा लगेर सिकाएमा मात्र तालिमले सार्थकता पाउने बताउनुभयो । तालिममा सहभागीहरुलाई पुर्व बागबानी विकास अधिकृत ऋषिराम न्यौपाने, कृषि अधिकृत भिष्म बस्नेत र तारकेश्वर नगरपालिका कृषि शाखाकी प्रमुख मिना कुमारी थापा लगायतले प्राङगारीक मल उत्पादन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । तालिममा प्राङगारीक बजारीकरण, जैविक मल बनाउने विधि, जैविक किरा नियन्त्रण प्रविधिको बारेमा जानकारी दिइएको थियो । तालिम कार्यक्रममा घर परिवारबाट निस्कने तरकारी, फलफुल तथा बढी भएका खाध्यबस्तुलाई प्राङगारिक मलको रुपमा उत्पादन गरेर आफनै करेसाबारीमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सहभागीलाई व्यवहारीक ज्ञान समेत दिइएको थियो । तालिममा सहभागीहरुलाई लहरेबालीको बिउ, बिसादी हाल्ने स्पेयर, फोरोमेन्ट ट्रयाप, एलो स्टीकर र जैविक इएम लगायतका सामग्रीहरु बितरण गरिएको थियो ।

Must View