नागरिक पोष्ट News


चिमालय च्यारिटी नेपालको नमुना कार्य सञ्चालनमा

1K

काठमाडौं । चिमालय च्यारिटी नेपाल संस्थाले भक्तपुर जिल्लामा षोषण अभियान सञ्चालन गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य सुधारका लागि पोषणयुक्त खानाको बारेमा स्थानीय आमा समुहहरुसँग नियमित भेटघाट र छलफल कार्यक्रमलाई अगाडी बढाइरहेको संस्थाले जनाएको छ । यस अभियानमा संस्थााको एक टोलीले गर्भवती आमा र नवजात शिशुहरलाई घरमै गएर भेट्ने र विभिन्न स्थानमा गएर आमा र बच्चाको स्वास्थ्य अबस्था बारेको जानकारी लिन घुम्ती शिविरहरु समेत सञ्चालन गर्दै आइरहेको छ । हाल भक्तपुर जिल्लाका केही वडा हरुमा मात्र यो अभियान सञ्चालन भइरहेको र निकट भविष्यमा देशका विभिन्न दुर्गम जिल्लामा पनि यस्तो पुराउन सरकारसँग सहकार्य गरी अगाडी बढ्ने चिमालय च्यारीटि नेपालकी अध्यक्ष डा मन्जेश्वरी उलकले बताइन् । 

यस अभियामा डेनमार्कका दूई जना डेनिस नागरिक स्वंयसेवकको रुपमा खटिएका छन् । आमा र शिशुको स्वास्थ्य अबस्था अभिबृद्धिका लागि यस्तो कार्यक्रम अति नै आवश्यक भएको र त्यसका लागि चिमालय च्यारिटी नेपालको यस कार्यक्रममा स्वयंसेवेकको रुपमा काम गरिरहेको लेनी हेसी र लोनी ले बताए ।   

अभियानमा कार्यरत रष्मिता श्रेष्ठ र एलिसा श्रेष्ठले सुत्केरी भएको थाहा पाउना साथ त्यस ठाउँमा गएर कसरी नवजात शिशुलाई स्तनपान गर्न सिकाउने र काउन्सिलडि. गर्न र डेनिसको मोडेल अनुरुप आफुहरुले कामगरिरहेको बताएका छन् । समाज कल्याण परिषद् वोर्ड सदस्य तथा समाजसेवी नारायण गिरी ले यस कार्यक्रमको आवश्यक्तालाई नेपालको दुरदराज सम्म पु¥याउन गैरसरकारी संस्थालाई पनि सँग सँगै लैजानुपर्नेमा जोड बताउनु भयो ।  घरमै आएर आफ्नो बच्चाको अवस्था बुझेर सोही अनुरुप सल्लाह दिने संस्थाको कामप्रति सेवाग्राही मेलिना थापाले खुलेर प्रशंसा गरिन् । 

चिमालय च्यारिटी नेपाल एक सामाजिक संस्था हो ।  यस संस्थाको मुख्य कार्यलय भक्तपुर जिल्लामा रहेको छ । संस्थाले आमा र बच्चाको स्वास्थ्य अभिबृद्धिका लागि पोषणयुक्त खानाको बारेमा उचित परामर्श सेवा दिदै आइरहेको छ ।

Must View