नागरिक पोष्ट News


ठमेल टुरिष्ट गाइड बालउद्धार केन्द्रद्धारा बालबाललिकाहरुलाई शैक्षिक र खेलुकद सामग्री बितरण

840

काठमाण्डौं ।  ठमेल टुरिष्ट गाइड बालउद्धारा केन्द्रले तारकेश्वर वालविकास समिति तथा नेपाल मानव सेवा संस्था बाल आश्रमका बालबाललिकाहरुलाई शैक्षिक र खेलुकद सामग्री बितरण गरेको छ ।

तारकेश्वर नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा संस्थाले बालबालिकाहरुलाई सामग्री बितरण गरेको हो । टुसालचौरमा हिजो आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले ति सामग्रीहरु बितरण गर्नुभयो । सो अवसरमा अध्यक्ष सापकोटाले भाविष्यका कर्णधार बालबालीकाहरुको निम्ती सानो सहयोग उपलव्ध गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

ठमेल टुरिष्ट गाइड बालउद्धारा केन्द्रका अध्यक्ष एवं तारकेश्वर बालसमन्वय समितिका सदस्य प्रदिप बिक्रम थापाले तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुमा बालक्लबहरु गठन भएको बताँउदै ति वडाहरुमा बालबालीकाको क्षमता विकास सम्बन्धी कार्यहरु सञ्चालन भइरहेको बताउनुभयो । सो अवसरमा तारकेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य मोहन खत्री, नेपाली काँग्रेस तारकेश्वरका नगरसचिब शंकर तिमिल्सीना, समाज सेवा युवा क्लबका जय तामाङ र बाल क्लबका अध्यक्ष सजिना बखती लगायतको उपस्थीति रहेको थियो ।

Must View