३.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा रू। १४८ अर्ब १२ करोड ९३।२ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू। ५०३ अर्ब ९९ करोड ९१२।३ प्रतिशत० लेबढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३।९ प्रतिशतले बढेको छ ।
२०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४।५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५।५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३।९ प्रतिशत र ३६।१ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३।२ प्रतिशतले, विकास बैंकहरुको ४।१ प्रतिशतले र वित्त कम्पनीहरुको०।८ प्रतिशतले बढेको छ ।