नागरिक पोष्ट News


रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा सफाई दिने सरकारको तयारी

0.9K

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा सरकारले प्रकृया पुर्‍याएर सफाई दिने तयारी गरेको छ।

त्यसका लागि पहिलो चरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गर्दे त्यसको अनुमोदनका लागि सरकारी वकिलको उच्च कार्यालयमा पठाउने भएको छ।

सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय ललितपुर पठाउने निर्णय गरेको छ।

उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाएर त्यहाँबाट सदर भएपछि उनले सो प्रकरणमा सफाई पाउनेछन्।

प्रहरीको अनुसन्धान मात्रै भएकाले अरु कसैले दुरुपयोग गरेको प्रमाणसहित मुद्धा दायर गरेमा अदालत जाने ढोका भने बन्द भएको छैन।

Must View