बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसद्मा पेश हुँदै
567
काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्ने तयारी गरिएको छ। आज (आइतबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन(२०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको संसद् बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।
शान्ति प्रक्रियासँग सम्बन्धित यी विधेयकलाई अघिल्लो संसदमै टेबल गरिएको थियो । तर त्यसमा थप छलफल आवश्यक परेको भन्दै संसदीय समितिमा फिर्ता गरिएको थियो । त्यहीबीचमा संसद् विघटन भएपछि विधेयक अलपत्र परेको थियो ।