नागरिक पोष्ट News


नागरिक लगानी कोषकाे ३३ औं वार्षिकोत्सव सम्पन्न

546

काठमाडौं । नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार काठमाडौंमा १ कार्यक्रम आयोजना गरी कोषले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व सचिव डा. रामप्रसाद घिमिरेले अन्य वित्तिय संस्थाहरुसँग प्रतिस्पर्धा गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए । यस्तै कोषका अध्यक्ष डा.  सुर्य बहादुर थापाले कोषलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने बताए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्च ०६ अर्ब २६ करोड रुपैयाँ, संगठित संस्थाको सेयर र धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ सहभागी सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख र समयकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० रुपैयाँ लगानी गरेको छ। नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरेको हो।

Must View