नागरिक पोष्ट News


५. ३२ अङ्कले घटेकाे बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

749

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूच ५। ३२ अङ्कले घटेर १ हजार ९ सय ३३ दशमलव ३१ को बिन्दुमा पुगेको हो ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १४ करोड रूपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६०४।२० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१६ रुपैयाँ पुगेको छ ।

Must View