नागरिक पोष्ट News


एमभी दुगडले नेपाली बजारमा ल्यायो जेसिट्स इभी स्कुटर, कती पर्छ मुल्य ?

0.9K

काठमाडौं । नेपाली बजारमा जेसिस्ट ब्राण्डको इन्डोनेसियन इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । एमभि दुगड ग्रुपले पहिलो पटक विद्युतीय सवारी साधानको क्षेत्रमा इन्डोनिसियन ब्राण्ड जेसिस्ट स्कुटर सार्वजनिक गरेको हो ।

सोमबार एक औपचारिक कार्यक्रम मार्फत सो स्कुटर नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सार्वजनिक गरेका हुन् । सो इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै घिसिङले नेपालमा विद्युतीय सवारी प्रति आकर्षण बढ्दै गएको बताए । उनले अब सबैले विद्युतीय सवारी प्रयोग गर्नमा जोड दिए । उनले भने–‘ सरकारले विद्युतीय सवारीलाई पनि प्रोत्साहन गरेको छ, १०० किलोवाट तौल क्षमताभन्दा तलका इभिमा सरकारले भन्सार नै छुट दिएको छ । अब सबैले इलेक्ट्रिक भेइकल प्रयोगमा जोडदिनुपर्छ ।’

कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले पनि विद्युतीय सवारी नै आजको आवश्यकता रहेको बताए । उनले भने,–‘ग्राहकको माग, चाहाना र आवश्यकतालाई मध्ये नजर गर्दै हामी विद्युतीय सवारी साधनको क्षेत्रमा पहिलो पटक सहभागीता जनाउँदै विश्व प्रख्यात इन्डोनेसियन ब्राण्ड जेसिस्ट स्कुटर नेपालमा ल्याएका छौं ।’

सोही अवसरमा उनले विद्युतीय सवारीको प्रोमोशनका लागि धेरै ठाउँमा पुगेको जानकारी गराए । उनले भने,–‘इभिको प्रोमोशनमा म सबै ठाउँमा पुगेको छु । दुगड ग्रुपले इभी गाडी मात्र होइन अब हाइड्रोजनबाट चल्ने पनि संचालन गर्नेछ ।’

कस्तो हो जेसिस्ट इलेक्ट्रिक स्कुटर  ?

यो स्कुटरमा ५ किलोवाट विद्युतीय मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ । एक पटक चार्जमा १०० किलोमिटरको दायरालाई समर्थन गर्दछ । ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट मात्र लाग्छ ।

ब्याट्रीमा ब्याट्री बिडीएमएसले सुसज्जित छ, जसले ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्परेचर कन्ट्रोल, सट–सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन गर्न समेत मद्दत गर्छ । जसको तौल ८ किलोग्राम र बोक्न सजिलो हुन्छ । चार्ज गर्दा चार्जिङ गतिविधि ट्र्याक गर्न धेरै सजिलो बनाउछ । स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको छ । यसले पूर्ण रुपमा चार्ज गर्न १।३ युनिट विद्युत खपत गर्छ ।

यो नेपालमा उपलब्धमध्ये अहिलेसम्मकै सबैभन्दा ठुलो टायर भएको विद्यतुयी सवारीको एभी दुगड ग्रुपको दावी छ । अन्य स्कुटरमा नभएको मोनो सोक रहेकाले ग्राभेल सडक र खाल्डा खुल्डीमा चलाउँदा पनि लचकता हुने कम्पनीले जनाएको छ । स्कुटरहरु आधुनिक दुई डिस्क ब्रेक सुविधाहरुले सुसज्जित छन् र ब्रेकिङ्ग गर्दा ब्याट्री स्वचालित रुपमा रिचार्ज हुनेछ । प्रत्येक मोटर प्रणाली सिधै एन्ड्रोइड ओएस मा जडान हुन्छ । प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन मार्फत गति, आरपीएम, तापक्रम र भोल्टेज निगरानी गर्न सकिने कम्पनीले जनाएको छ । स्कुटरको चेसिस बडीमा एक इन्च व्यासको ट्युबुलर स्टिल र कालो फाइबर प्लास्टिक प्रयोग गरिएको छ । अगाडीको डिजाइन शार्क स्नाउट र एचआईडी हेड ल्याम्प रहेको छ ।

राईडर र यात्रुका लागि गुणस्तरी र आरामदायी सिटहरु रहेका छन् । एलइडी टेल ल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क ब्रेक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट आदि रहेका छन् । राइड बाइ वायर इलेक्ट्रिक थ्रॉटल, तीन फरक ड्राइभ मोडहरु ९ इको, अर्वान र स्पोर्ट मोड, मोटर स्थायी चुम्बक सिंक्रोनस बीएडीसी मोटर, एयर कुल्ड प्रणाली, पुली बेल्ट ट्रान्समिसन, २००० वाट रेट भएको पावर आउटपुट र ५००० वाट पीक पावर, ६।७ हर्सपावर, अधिकतम ३० एनएमको टर्क, ५ सेकेन्डमा एक्सेलेरेशन ०–५० किलोमिटरसम्म पुग्छ, अधिकतम गति ७६ किलोटर प्रतिघण्टा रहेको छ ।

यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण भएको छ । यो नेपाली बजारमा स्कुटर रातो, सेतो र कालो गरि ३ वटा रंगमा उपलब्ध रहेको छ ।

 

 

 

 

Must View