नागरिक पोष्ट News


नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन २०२३ सम्पन्न

2.6K

काठमाडौं । नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन मार्च १० र ११ २०२३ शुक्रवार र शनिवारका दिन निजगढ वारामा सम्पन्न भयो । सम्मेलनको उद्घाटनमा निजगढ नगरपालिका उपमेयर सोम माया थिङ ले सकारात्मक सोचका साथ अगाडि वढ्यौ भने सफलता र जिवन आशावादी भएर अगाडि वढ्छ भन्ने कुरालाई जोड दिएका थिए । संस्थाको उदेश्यसंग पनि मेरा जिवन मेल खाने अवस्था रहेको र तपाईहरुले लिएको किशोरी स्वास्थ्य सचेतना कार्यक्रमलाई निजगढ कल्वलाई नगरपालीकाको तर्फवाट सहयोग गर्ने प्रतिबद्धता समेत मेयर थिङले गर्नुभएको छ । 

एनप्यावसनका केन्द्रीय उपाध्यक्ष प्रवोध प्रभाकर रिजाल ज्यू ले उयकष्तष्खभ भमगअबतष्यल को वारेमा जानकारी गराउनु भयो   सो सम्मेलन नेपाल रहेका  क्लवका  सदस्यहरु लाई निवर्तमान गभर्नर उदय कुमार निरौला ज्यू ले तालिम गराउनु का साथै कार्यक्रम संयोजक अप्टिमिष्ट कल्व निजगढका अध्यक्ष सागर तामाङ्ग ले स्वागत गन्तव्य राख्नु भयो र समुह विभाजन गरी संस्थालाई के कसरी स्थायित्व प्रदान गरि समाजमा के गर्न सकिन्छ भनेर छलफल गरि छलफछको निचोड लेफिटेन्ट गभर्नर ऋषिश्वर थपलिया, र सुरेन्द्र थापा ले प्रस्तुती गर्नु भयो ।

यस भेला वाट अप्टिमिष्ट एजुकेशन फन्ड स्थपना गरि गरिव तथा  विद्यार्थीहरु लाई कक्षा ९ देखि १२ सम्म निशुल्क शिक्षाको लागि आर्थिक सहयोग गर्नु हुनेलाइ अप्टिमिष्ट एजुकेशन फन्डका संयोजक प्रदीब बहादुर थापाले धन्यवाद दिए । उक्त कार्यक्रममा संस्थाको स्वरुप बारे महासचिव प्रकाश घिमिरे ले जानकारी गराए। अप्टिमिष्ट कृीड रुपराम धिसीङ ले बाचन गरेकाथिए र धन्यबाद ज्ञापन अप्टिमिष्ट कल्वका सचिव तथा निजगढ नगरपालिका वडा न ८ का वडा अध्यक्ष स्वर्ण लामा ले गरे । कार्यक्रम संचालक रुद्र प्रसाद धितालले  गरेका थिए ।   सो सम्मेलन को सभापत्तित्व संस्थाका गभर्नर पृथ्वी राज थापा को अध्यक्षता सम्पन्न भएको थियो ।  

Must View