संकटमा प्रचण्ड, एमाले र कांग्रेस गठबन्धनको सरकार बनाउने भित्री तयारी
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक अन्तरवार्तामा फागुन २५ पछि अर्थात राष्ट्रपतिको निर्वाचन सकिएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन्। बिहीबार प्रकाशित यो अन्तरवार्तामा पोखरेलले भनेको यो कुरालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ।
किनकि अहिलेको दलीय हैसियतअनुसार एमालेले कांग्रेसलाई समर्थन गरिदियो भने स्पष्ट बहुमत पुग्छ र अन्य कुनै पनि दलको समर्थन चाहिँदैन। यदि यस्तो समीकरण बनिदियो भने सबैभन्दा अप्ठेरोमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड हुनेछन्।
सत्ताबाट बाहिरिएमा माओवादीसँगै प्रचण्डको व्यक्तिगत राजनैतिक करिअर सिध्याउने खेल सुरु हुनेछ। र, यो तथ्यप्रति प्रचण्ड जानकार र सचेत छन्। २०६४ को निर्वाचनमा प्रत्यक्षतर्फ बहुमतसहित पहिलो दल बनेको माओवादीका अध्यक्ष प्रचण्ड त्यतिबेला जुन ओज र शानका साथ प्रधानमन्त्री बनेका थिए अहिले उनको त्यो हैसियत बाँकी छैन। २०६५ मा सत्ताबाट बाहिरिपछि उनलाई पुनः सत्तामा फर्किन ८ वर्ष लाग्यो।
चाैतर्फी संकटमा प्रचण्ड