नागरिक पोष्ट News


उपराष्ट्रपति छनौटमा लफडा, सत्ता गठबन्धनबाटै तीन जना उम्मेदवार प्रतिस्पर्धामा

1.1K

काठमाडौं । सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा दुईवटा उम्मेदवारी दर्ता हुने भएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित १० दलको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जना उम्मेदवार हुने भएका छन्।

जसपा नेपालका रामसहाय यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले रामसहायको उम्मेदवारी दर्ता गर्न अस्विकार गरेमा जसपाले अर्को नामको उम्मेदवारी दर्ता गर्ने गरी बैठक सकिएको छ।

ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनबाट जनमतकी ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको प्रदिप ज्ञवालीले जानकारी दिए।

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

Must View