नागरिक पोष्ट News


काँग्रेस र एमालेको सरकार बन्न सक्छः केपी ओली

728

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताए ।

उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’उनले राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्न नहुने बताए ।

उनले भने, ‘नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ।’

उनले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसासमेत गरे । उनले भने, ‘वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ । अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।’

Must View