नागरिक पोष्ट News


नारी उत्थान ,समानता र सम्मानका लागी नारी दिवस

1.9K

काठमाण्डौ - नारी दिवस १८औ शताब्दी देखी नै मनाउन थालेको थियो । पहिलो अन्र्तराष्ट्रिय नारी दिवस तथा नारी दिवसलाइ अन्तर्राष्ट्रिय तथा विश्व कर्मशिल नारी दिवस भनिन्थ्यो । नारी उत्थान ,समानता र सम्मानका लागी यो दिवस मनाइनछ । नारी दिवस , हरेक वर्ष जुलाइ ८ मा बिश्वभरि नै बिभिन्न कार्यकर्म गरेर मनाइने गरिन्छ । नेपालमा पनि जुलाइ ८ ९ फाल्गुन २४ ० गते बिभिन्न संघ संस्था , र अन्यले पनि समाज, राष्ट्र तथा अन्तरार्ष्ट्रिय स्तरमा गरेकोे योगदान अनुरुप मानपत्र , सम्मान दिएर मनाइने गरिन्छ । वर्षौंसम्म गरेकोे सामाजिक कार्यको परिणाम पाइने एउटा अमूल्य दिन महिलाको लागी हो। जुन चाहि प्रत्यक्षरूपमा सुखद अनुभूति  र सम्मानित हुने दिन हो। अहिलेका नारिहरु कुनै पनि काम पुरुषसरह नै गरेका छन् । हरेक क्षेत्रमा आफ्नो योगदान पुर्याउन उदाहरणीय कार्य गरेकै छन। 

घर भित्र  गृहणी होइन होममेकर जसले घर बनाउने र परिवारलाइ समेटेर एकजुट राख्ने काम गर्दछ । एउटी नारी शिक्षित भएँ उसको तीन पुस्ता शिक्षित हुन्छन् र आफ्नो घर परिवारको दायित्वको साथै बाहिरको समेत कार्य गर्न पूर्णरुपमा सक्षम छन् । 

नेपालको परिपेक्ष्यमा भन्नु पर्दा पुरुषप्रधान समाजमा एकदिन नारी दिवस मनाउदा पनि घरका सदस्यले खुसी नभएको देखिएको छ । जबकि घरको हरेक ठूलाठूला  निर्णयहरु गर्ने बढी अधिकार पुरुषमै हुन्छ , छोरा छोरी पढाउन , विदेश पठाइने , बिहे गर्ने, ब्यापार आदि कुरामा पुरुषकै उच्च स्थान हुन्छ ।  तर हरेक घर ,परिवारमा यो कुरा लागु हुदैन् । अहिले घरमा महिलाको पनि धेरै  कुरामा सहभागीता रहेको देखिएको छ । तर अहिले पनि कतिपय महिलाहरु आफ्नो मनको कुरा खुलेर गर्न सक्दैन । अहिले नाबालिक  बालिकाहरु घर बाहिर तँ असुरक्षित छ, नै  भित्र पनि सुरक्षित छैन । नचिनेको , अपरिचित व्यक्ति सँग तँ पीडित वा भनौ बलात्कृत हुन्छ भने आफ्नै आफन्त वा परिवार भित्र बाट समेत पनि जीवनभरीको लागी पीडादायी बेदना हरु खेप्नु परेको हुन्छ , समाजले के भन्ला, पछि बिहे हुन्न की परिवारमा समेत दुरी बढ्ने र कसले आश्रय दिने पछि गएर झन दुख पाउला भनि कुराहरु लुकाएर बस्न र बसाउन समेत गरेकोे पाइन्छ । जबकि यो कुरा खुलेर भन्ने चलन हामीलाइ समाजले सहुलियत दिएको छैन्, वा भनौ यस्ता कुराहरु गर्नु भनेको पाप हो। जो पीडक छ उही दोषी हुन । समाजले चेलिलाइ बलात्कृत पछि स्वीकार्न सक्दैन र जीवनभरी बोझ भएर आफुलाइ नै सराप्न बाध्य हुन्छ । अझै पनि कतिपय चेलिहरु निरीह छन् । समाजले स्वीकार्न तँ परै जाओस , परिवारले समेत आश्रय दिएको छैन। जो पीडित उही नै दोषी ।वाह हामी कति राम्रो समाजमा छौ तँ , तेसैले सतिले सरापेको देशको उपमा पाएको रहेछन् । 

क्रान्तिको बेला नाबालिक चेलिहरु , महिलाहरू पुरुषको आहुति बलीको शिकार भयो ९ बलात्कृत ० भयो घाँस काट्न जादा होस की पढ्न जाने बेला होस सुरक्षित भएन । कत्ति छाति पिटि पिटि रोयो, केही सुनवाइ भएन, सरकार आए, गए तर कानुन बनेन, जसको पहुँच छ उ जाति तर जो निरीह छन उ पापिणी रु तर श्रीमान् विदेशमा दुःख कमाएको सारा सम्पति लिएर्,  आफूले जन्माएको सन्तानलाइ समेत छाडेर गएका समेत छन् । सबैजना एकनासको कतैपनि हुदैन् । त्यैसैले एकअर्का प्रति सम्मान गर्ने कम नगरौ।  अस्ति एकजना महानुभावले नारी सम्मानको लागी हामी हजुरको श्रीमतिलाइ सम्मान गर्छौ हजुर पनि उसको साथै सहभागी भई सहयोगी भएमा झन सुनमा सुगन्ध हुन्छ भन्दा हामी आउदैनौ भन्नु भयो । कत्ति सहजै भन्नुभयो । सालौ साल हामी घर परिवारको लागी आफ्नो दुःख हरु सहजै लुकाएर परिवार , समाजको सेवामा खटिने गर्छौ तर समानता अझै पनि पाएका छैनौ। तर अहिले पनि श्रीमतिको बिरामी भएको बेलामा दिनरात भोकै बसी खटेको पनि देखिएको छ । आफ्नो हातले खुवाएको र  दिसा पिसाब सोहोरेको पनि देखिएको छ । श्रीमान एक्लो कमाउदा घर चलाउन होस वा सन्तान पाल्न हरेक पाइलामा  श्रीमतिले पनि साथ दिएको देखिएको छ ।  श्रीमानले आफू दुःख गरेर पढाउन समेत देखिएको छ। अहिले समाजमा राम्रो  परिबर्तन पनि भएको देखिएको छ । हातेमालो गर्दै एकअर्काको साथ दिनु र सम्मान , सौहार्दको वातावरण सृजना गर्नु पर्दछ । अनि मात्र रथको दुई पांग्रा भनेर उदाहरण बन्न सकिन्छ । 

 

Must View