महिला विद्यालयका विद्यार्थीहरुलाई स्वरोजगारी बनाउन सिलाईकटाई तालिम सञ्चालन
काठमाडौं । तारकेश्वरको एक मात्र महिला विद्यालय तारकेश्वर ९ मा अवस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वरोजगारी बनाउन सिलाईकटाई तालिम सञ्चालन गरिएको छ । महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा तानपा ९ का वडासदस्य उज्जवल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि तानपा ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनले तालिमको उद्घाटन गर्नुभएको छ ।
महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्जवल अधिकारीकाअनुसार यस विद्यालयमा अध्ययनरत महिला आमा दिदिबहिनीहरुका लागि सिलाईकटाई तालिम दिनुको उद्देश्य भनेको उहाँहरुलाई स्वरोजगार बनाउने हाम्रो मुख्य उद्देश्य हो । पढाईसँगै सिलाई तालिम दिएको बताएका छन् ।
सिलाईकटाई तालिमका लागि मानवीय परोपकारी संस्था नेपालको आर्थिक सहयोगमा १० ओटा मेसिन र सिलाईकटाई टिचरको व्यवस्था गरि आगामी दिनमा निरन्तर रूपमा सञ्चालन हुने गरि तालिम सुरु भएको छ । यस वर्ष महिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि मात्र तालिम सञ्चालन गरिएको कुरा वडाअध्यक्ष श्यामकृष्ण महर्जनले बताउनुभयो ।
वडाअध्यक्ष महर्जनले भने – अब आउने आर्थिक वर्षबाट तारकेश्वर ९ भित्रका बेरोजगारी महिलाहरुका लागि सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने एजेण्डा नै आफ्नो पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।