तारकेश्वर ९ मा बर्थीङ सेन्टर सञ्चालन हुने
साथै बर्थीङ सेन्टरका लागि आवश्यक पर्ने डेलीभरी बेड, सक्सन मेसिन, अक्सीजन मेसिन, बच्चालाई तातो बनाउने मेसिन लगायतका उपकरणहरु समेत जडान भइसकेको तारकेश्वर नगरपालिकाका नगर स्वास्थ्य प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । शाहकाअनुसार प्रसुती गराउनका लागि निजी र सरकारी अस्पतालमा हुने जस्तै सबै सामानहरु बर्थीङ सेन्टरमा रहेको बताँउदै ढुक्क भएर प्रसुति सेवा लिनका लागि आग्रह गर्नुभयो ।
यस अघि तारकेश्वर १ स्थित साङ्ला प्राथमिक स्वासथ्य केन्द्रमा एकमात्र बर्थिङ सेन्टर रहेको थियो । बर्थीङ सेन्टरमा प्रसुती गराएबापत निःशुल्क औषधी वितरण, न्यानो झोला र यातायातका लागि रु १ हजार भाडा पाउने छन् । न्यानो झोलामा बच्चा र आमाको लागि एक एक सेट कपडा समेत बर्थीङ सेन्टरले निःशुल्क उपलव्ध गराउने छ । साथै नेपाल सरकारको मापदण्ड अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भ रहेको तेश्रो, पाँचौ, आठौं र नवौं महिना चेक गराएका महिलाले थप ८ सय भत्ता समेत पाउने छन् ।
भोली उद्घाटन हुने स्वास्थ्य संस्थामा तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत डा। कृष्णबहादुर घिमिरे र तारकेश्वर नगर स्वास्थ्य शाखा प्रमख बिनोद कुमार शाह, साङला प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर नकुल पौडेल, तारकेश्वर नगर स्वास्थ्य शाखाका अधिकृत गणेंश कुंवर, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ९ का इन्चार्ज जनार्दन अधिकारीले बर्थिङ सेन्टरको अवलोकन गरेका थिए ।