नेपाल बैंकर्स संघले गृहसचिव तथा नेपाल प्रहरीका प्रमुखलाई भेटेर सुरक्षा माग गर्यो
1K
काठमाडौं । नेपाल बैंकर्स संघले गृहसचिव तथा नेपाल प्रहरीका प्रमुखलाई भेटेर सुरक्षा माग गरेकाे छ । बैंकमा काम गर्ने कर्मचारी असुरक्षित हुन थालेपछि संघका अध्यक्ष सुनिल केसीको नेतृत्वमा गएको संघको टोलीले गृहसचिव विनोदप्रकाश सिंह तथा धिरजप्रताव सिंहलाई भेटेर सुरक्षा मागेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भन्दै अराजक गतिविधि बढेकाे केही स्थानमा बैंकका कर्मचारीलाई समेत हातपात समेत हुन थालेको छ ।
गृहसचिव र प्रहरी प्रमुखले बैंकर्स संघको टोलीलाई सुरक्षा प्रदान हुने आश्वासन दिएका छन् । संघका अध्यक्ष केसीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष सन्तोष कोइराला तथा कार्यसमिति सदस्य सुदेश खालिङ तथा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सहभागी थिए ।