भारतबाट बढेर आयो ग्यासको मूल्य
574
काठमाडौँ - नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन आईओसीले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ ।
डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।
यसअनुसार डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा, पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टितेलमा ३ रुपैया ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।
निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।